भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा व्यवस्था गर्दै सयौं जनालाई पक्राउ गरेको बताइएको छ।
आन्दोलनकारीहरूले मतदाता नामावली संशोधन प्रक्रियाले लाखौं मानिसको मतदान अधिकार प्रभावित भएको आरोप लगाएका छन्। विपक्षी दलहरू र विद्यार्थी समूहहरूले निर्वाचन आयोग निष्पक्ष नभएको भन्दै प्रमुख ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गरेका छन्।
प्रदर्शनका कारण राजधानीका केही मेट्रो स्टेशन बन्द गरिएका छन् भने मुख्य प्रदर्शनस्थलहरूमा सुरक्षा बल तैनाथ गरिएको छ।
विपक्षी नेता राहुल गान्धीले पनि निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
![]()