Sunday 25th October 2026

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, सयौं प्रदर्शनकारी पक्राउ


भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा व्यवस्था गर्दै सयौं जनालाई पक्राउ गरेको बताइएको छ।

आन्दोलनकारीहरूले मतदाता नामावली संशोधन प्रक्रियाले लाखौं मानिसको मतदान अधिकार प्रभावित भएको आरोप लगाएका छन्। विपक्षी दलहरू र विद्यार्थी समूहहरूले निर्वाचन आयोग निष्पक्ष नभएको भन्दै प्रमुख ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गरेका छन्।

प्रदर्शनका कारण राजधानीका केही मेट्रो स्टेशन बन्द गरिएका छन् भने मुख्य प्रदर्शनस्थलहरूमा सुरक्षा बल तैनाथ गरिएको छ।

विपक्षी नेता राहुल गान्धीले पनि निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...