Friday 2nd October 2026

यमनमा भोकमरी संकट चर्कियो, चारमध्ये तीन परिवार खाद्य अभावमा


यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रका ७४ प्रतिशत परिवारले आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन्।

हाल यमनभर करिब १ करोड ८३ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् भने ५ वर्षमुनिका २२ लाख बालबालिका कुपोषणबाट प्रभावित छन्।

हालैको लडाइँका कारण एक लाख ४९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। धेरै परिवार घरबार छोडेर खाद्यान्न र पानीबिनै सुरक्षित स्थानतर्फ पलायन गर्न बाध्य भएका छन्।

डब्लुएफपीले १५ लाख मानिसलाई सहायता पुर्‍याउने योजना बनाएको भए पनि त्यसका लागि १०९ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ। पर्याप्त सहयोग नआएमा आगामी महिनादेखि राहत वितरणमा समस्या आउने चेतावनी दिइएको छ।
https://www.aljazeera.com/news/2026/10/2/three-in-four-households-go-hungry-in-parts-of-yemen-amid-fighting-un


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...