तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्। यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि…
हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…
तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक…
तीतोपाटी डटकम-सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा…
तितोपाटी- श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका…
नौलो यात्रा हावासरि उडिरहेछ मन सकिन बाध्न मैले , कपुर झै बिलाइरहेछ जिन्दगी अन्त हुने कैले । उराठ जिन्दगीमा रसरङ्ग अाउने मेरो कैले , मनको फुलबारीमा रिम्झिम वर्षा हुने कैले । जिन्दगीभरी संघर्ष गरें सफल हुने कैले , लक्षबिन्दुमा पुग्ने उदेश्य पूरा हुने कैले । भावनाको सागर माझ बाटो हरायो…
तीतोपाटी डटकम-म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग गरेको छ । मोना कुवेतका अध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमा…
"पञ्च तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १, भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन् साच्चै भगवानको, मन्दिर कहाँ छन् स्वतन्त्रताको आभाष, हरायो साथी वारपार गरायौ,'लकिर' कहाँ छन् बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!! २, नमिठै भए'नि, बात मिठा अँधेरै भए'नि, रात मिठा खै केछ उनमा, थाहा छैन सहेरै भए'नि, घात मिठा…
तीतोपाटी डटकम-समाचारदाता,विश्व"बा" दिवसको अवसर पारेर अनेसासले शनिवार 'कवितामा - बा' कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवादको ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन्। अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट,…
जिएनएन-दोहा,नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले कोभिडका कारण जागिर गुमाएका, श्रम सम्झौता सकिएका र घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई जति सक्दो चांडो घर फर्कने स्थिति बनाउन सरकारसंग माग गरेकी छिन्। उनले महँगो चार्टर्ड उडान बन्द गरेर नियमित अन्तर्राष्ट्रिय उडान सेवा जति सक्दो चांडो शुरु गर्न पनि माग गरिन्। 'कोभिड…
![]()