Monday 19th October 2026

सुनील साह एनआरएनए आइसीसीको उपाध्यक्षमा उठ्दै


तितोपाटी- एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सुनील साह आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ।

एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष साह एनआरएनए अभियानमा लामो समय बिताएका ब्यक्ति हुन्। एनआरएनए अमेरिकालाई चर्चामा ल्याउन र संस्थागत रुपमा अगाडी बढाउन साहले उल्लेख्य भूमिका निर्वाह गरेको धेरैको विश्वास रहेको छ।

आफ्नो कार्यकालभरी विवाद रहित तरीकाले दुई बर्ष संचालन गरेका साहले एनआरएनए अमेरिकालाई महिला, युवा, बिद्यार्थी, ब्यबसायीहरु र बौद्धिक जमातसम्म पुर्याउन उल्लेख्य भूमिका खेलेको भन्दै उनको मुक्त कण्ठले प्रशंशा हुने गरेको छ।

आईसिसिको अघिल्लो अधिबेशनमा अमेरिकाबाट गएका धेरै प्रतिनिधिहरुलाई आईसिसिका बिभिन्न पदहरुमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेको जस पनि साहलाई जाने गरेको छ।

अमेरिकाको अध्यक्ष हुदा नै आइसिसिको महत्वपूर्ण भूमिकामा उठ्ने आंकलन सबैले गरेका थिए। साहले सचिव वा कोषाध्यक्षमा उमेद्वारी दिने अनुमान धेरैको थियो र अहिले पनि धेरिले त्यही विश्वास गरेका छन्। तर आईसिसिको माथिल्लो तहमा उनलाई उपाध्यक्षमा ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ।

यस बिषयमा हाम्रो जिज्ञासा यत्ति मात्र भने, “म आईसिसिको एउटा पदमा उठ्ने पक्का हो। यहि पद भनेर फिक्स गरेको छैन। म छलफल कै चरणमा छु।केहि दिनमा घोषणा गर्नेछु। “


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...