Wednesday 22nd July 2026

निर्वाचित भए लगत्तै एनसीसी कुवेतको नयाँ कार्यसमिति सकृय, मनोनित तथा केहि उपसमितिहरू गठन


तीतोपाटी – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ को लागि निर्वाचित कार्य समितिले निर्वाचित भए लगत्तै सकृयता देखाएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थाको संरक्षक, सल्लाहकार, प्रवक्ता, सदस्य लगायतका केहि पदमा विभिन्न व्यक्तिहरूलाइ मनोनित गरेको छ भने विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन समेत गरेको कुरा एनसीसी कुवेतका प्रवक्ता केशर घलान तामाङले तीतोपाटी डट कमलाइ जानकारी दिएका छन् ।

गैर आवासीय नेपाली संघ NRNA कुवेतको पहिलो बैठकले निम्न चार उपसमितिहरु गठन गरेको छ।

१. NRNA कुवेतले कुटनैतिक सहयोग र दूतावास संग सहकार्यको लागि अध्यक्ष रणध्वोज लामाको संयोजकत्वमा ५ सदस्यीय “Co-ordination Committee” बनाएको छ। जसमा रणध्वोज लामा, दिलकुमार पाख्रीन, रमिता योन्जन, मनिष केसि र सुर्य लामा रहेका छन्। यस कमिटिले कुवेत भित्रका नेपाली श्रमिकहरुबाट NRNA मा आएका समस्याहरुलाई हल गर्न नेपाली दूतावास संग समन्वय र सहकार्य गरी समस्याको हल गर्नेछ।

२. उपाध्यक्ष माधब शाहिको संयोजकत्वमा “Spot Reporting Committee” बनाइएको छ। यसमा माधब शाही, जीवन बिक, नबराज पराजुली, जयनारायण थारु र सजिना गुरुङ रहेका छन्। यो समितिले संस्थामा उद्दार तथा सहयोगका लागि आएका निवेदनहरुलाई सम्बन्धित ब्यक्ति वा समुहलाई प्रत्यक्ष भेटेर समस्या बारे Spot Reporting गर्नेछ। त्यो रिपोर्टिङको आधारमा मुल कार्यसमितिले सहयोग गर्नेछ। यदि समस्या हल गर्न कुटनैतिक सहयोग चाहिएमा Co-ordination Committee ले नेपाली दूतावास संग समन्वय गर्नेछ।

३. उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा “Fund Raising Committee” पनि निर्माण गरेको छ। जसमा उमेश पुडासैनी, मोहन राई, रेशम लामा, दामोदर बटाला र आङ नोर्बु शेर्पा रहेका छन्। यस समितिले कुवेतमा वा नेपालमा कुनै पनि प्राकृतिक प्रकोप वा भइपरी आउने समस्यामा आर्थिक संकलन गर्नुपरेको खण्डमा आर्थिक संकलन सुरु गर्नेछ।

४. NRNA कुवेतका २००१ जना पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउने उदेश्य सहित Committee निर्माण गरेको छ। जसमा प्रवक्ता केशर घलान तामाङको संयोजकत्वमा विजय धामी र माधब शाही गरि तीन सदस्यीय समिति बनेको छ। यस समितिले भने पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउन विभिन्न कम्पनी, सुपरमार्केट, रेस्टुरेन्ट, एक्सचेञ्ज तथा एयरवेज कम्पनिमा भिजिट गरी सहुलियत दिलाउने कामहरु गर्नेछ।

उक्त बैठकले संरक्षक, सल्लाहकार, प्रवक्ता तथा ५ जना सदस्यहरु समेत मनोनित गरेको छ। संरक्षकमा राजेन्द्र तामाङ, अर्जुन तामाङ, सुमित्रदेवी पौड्यल र सुजन केसि रहेका छन भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार अमित राई, सल्लाहकारहरुमा आनन्द आचार्य, गणेश रावत, लोमस बास्तोला र नैनाकला राई रहेका छन। प्रवक्तामा केशर घलान तामाङ मनोनित भएको छ भने सदस्यहरुमा मोहन राई, श्रवण गाह मगर, हेमराज भन्डारी, भुपेन्द्र शारु मगर र कृष्ण घिमिरे मनोनित भएका छन। बैठकले, राहत कोष संग सम्बन्धि समिति र त्यसको ब्यबस्थापन बारेमा अर्को बैठकमा निर्णय गर्ने भएको छ।

स्मरण रहोस, नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रूपमा स्थापना भइ कृयाशिल रहेको एनआरएनएले नेपाल र नेपालीको हितार्थ मानव सेवा र विकासका कार्यहरू गर्दै आएको छ भने यसका राष्ट्रिय समन्वय समितिहरूले पनि सक्दो श्रमिक हितका कार्यहरू गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...