Wednesday 30th September 2026
पत्रपत्रिका बाट
Image

शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन्…

Image

शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन गराउन नसक्ने भन्दै महाधिवेशन सार्न बद्री केसीले दायर गरेको रिट र एनआरएनए महाधिवेशन सार्न परराष्ट्र मन्त्रालयमार्फत महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन हेर्न नमिल्नेमा राखिएको छ । केसी र परराष्ट्रले महाधिवेशनको मिति सार्नका लागि दिएको निवेदन सँगै राखेर…

Image

प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् । केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए । प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरे । उनले…

Image

रौतहट वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको हत्यामा संग्लन भएको भन्दै प्रहरी ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत् प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका-७ का बालक…

Image

शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की । उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’ सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए । ‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक…

Image

रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र राजाबादी आन्दोलनका तत्कालिन कमान्डर दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला…

Image

धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर-ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न…

Image

पुर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको कुराकानीमा अहिलेको सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् । सत्ता गठबन्धनबिच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो कुनै प्रकारको समस्या नरहेको…

Image

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले अनलाइनखबरसँग…

Image

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताएका हुन् । मंत्री पन्तले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने…