Monday 3rd August 2026

शुक्रबारदेखि आदिवासी जनजाती चलचित्र महोत्सव हुदै


असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म प्रदर्शन हुने जनाइएको छ । आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरेको छ । साथै, ८ विधामा ती फिल्मलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।
महोत्सवमा १६ नेपाली, नर्वेका ३ र ताइवानको १ फिल्म प्रदर्शन हुनेछन् । सागर केरुङ निर्देशित लिम्बु भाषाको ‘चे’, नवीनबाबु गुरुङ निर्देशित गुरुङ भाषाको नाचुने, ओम चरण अमात्य निर्देशित नेवार भाषाको ‘सिंकिङ सिभिलाइजेसन अफ काठमाण्डू भ्याली’ प्रदर्शन हुनेछन् ।लुज सिंह निर्देशित नेवार भाषाको ‘साकिप्य’, राजबहादुर गुरुङ निर्देशित गुरुङ भाषाको ‘मि-थो’, मेकबहादुर पुन निर्देशित मगर भाषाको ‘ट्याङचलाक’, विश्वास मगर निर्देशित मगर भाषाको ‘खिल’ देखाइनेछन् । कमल एक्चै मगर निर्देशित ‘मगर चिनारी’, सन्चु थोकर निर्देशित तामाङ भाषाको ‘श्ह्मा पिन्वा’, विनायक तामाङ निर्देशित तामाङ भाषाको ‘ग्याल्बो राजा’ देखाइनेछ ।

रेणु चौधरी निर्देशित थारु भाषाको फिल्म ‘जितिया के सनेस’, दीपनारायण राजवंशी निर्देशित राजंवशी भाषाको ‘गां घर’, रत्ना गुरुङ निर्देशित गुरुङ भाषाको ‘सैर्व ट’, जनक गुरुङ निर्देशित गुरुङ भाषाको ‘ज्यूनी’, हिलारी बन्धु भुजेल निर्देशित भुजेल भाषाको ‘चो वो ल्यांम योङ्गहौ सम्मुख कर्म’ प्रदर्शन हुनेछन् । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका ४ डकुमेन्टीको विशेष प्रदर्शन हुनेछ । फेस्टिभल आयोजनामा प्रतिष्ठान र चलचित्र विकास बोर्डले पनि सहकार्य गरेका छन् ।

महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, पटकथा, छायाँकार, लघु चलचित्र, वृत्तचित्र, पब्लिक च्वाइस र जुरी प्रोत्साहन विधामा पुरस्कार वितरण गरिने भएको छ । ‘आदिवासी जनजाती चलचित्रको प्रवर्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ नारासहित महोत्सव हुने फेस्टिभल निर्देशक प्रतिमाया पुन मगरले जनाइन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुुरुङले महोत्सव उद्घाटन गर्नेछन् । चलचित्र विकास बोर्डको सभाहलमा फेस्टिभल आयोजना हुन लागेको हो ।
-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात जिल्लाको कबल क्षेत्रमा आयोजित आतंकवादविरोधी तथा शान्तिको माग गरिएको र्‍यालीमा आत्मघाती विस्फोट हुँदा कम्तीमा १४…

दक्षिण भारतमा लगातार परेको भारी वर्षा र बाढीका कारण केरलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ७,७०० मानिसलाई…

क्यानडाको दोस्रो ठूलो एयरलाइन्स वेस्टजेट (WestJet) का करिब ४,४०० उडान परिचारिका (फ्लाइट अटेन्डेन्ट) आइतबार तलब तथा कार्यसम्बन्धी विवादका कारण हडतालमा…

प्रतिकृयाहरू
...