Wednesday 30th September 2026

पाल्पा पुर्वाखोलामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, एक घाइते


पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक जना गम्भीर घाइते भएका छन् ।
आर्यभाङ्ज्याङ्-ताहुँ-रामपुर सडक हुँदै साेमबार बेलुकी ४ बजेतिर रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरकाे पिकअप जिप सडकदेखि धन्नै ३ सय मिटर तल खस्दा दुई जनाकाे मृत्यु भएकाे हाे । उक्त जिपले कुखुराकाे अण्डा बाेकेर रामपुरतिर जाने क्रममा दुर्घटना भएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका -११ का ४६ वर्षीय विनाेद ढुङ्गाना र अर्का अन्दाजी ४५ वर्षका एक पुरूषकाे रहेका छन् । उनकाे पहिचान खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । यस्तै बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छ्न । खड्काकाे तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभएकोछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...