Saturday 31st October 2026

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौंमा आईपुगे


अमेरिकी सरकारको नीतिअनुसार त्यहाँ अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्दै आएका ३७ नेपालीलाई चार्टड विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । उक्त विमानमा ५ महिलासहित अन्य पुरुष छन् ।
यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो । यसपटक भने सोधपुछ नगरिकन छोडिने भएको छ, यदि कुनै गिरोहले उनीहरूलाई अनुचित तवरले विदेश लगेको भए प्राप्त हुने जाहेरीका आधारमा अनुसन्धान गरिने बताईएको छ ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...