Tuesday 25th August 2026

रास्वपा सभापति लामिछाने सहित २९ जना बिरुद्द पर्सा अदालतमा मुद्दा दायर


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिएका छन ।

उनका अनुसार त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो । यस अघि पुर्व गृहमन्त्री रबि लामिछानेलाई पोखरा, बुटवल, काठमान्डौ र चितवनमा सहकारी अपचलनमा मुद्दा दायर भएको थियो भने पछिल्लोपटक भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन ।


सम्बन्धित शीर्षकहरु

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

प्रतिकृयाहरू
...