Monday 17th November 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी- सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका…

Image

तितोपाटी- कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् । मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनी संसदमा पनि जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति…

Image

तितोपाटी-अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला…

Image

तितोपाटी- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको जानकारी दिए ।केही आवेदन दोहोरिएका छन्, त्यसलाई हामी अन्तिम रुजु गर्दैछौं,’ टेलिफोन सम्पर्कमा नेपाल लाइभसँग लम्सालले भने, ‘सबै मिलाउँदा करिब…

Image

तितोपाटी- सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा…

Image

तितोपाटी- दार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् । १९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै बसेर केही गर्ने योजना बनाए । तर आर्थिक अवस्थाले धानेन । गत भदौमा घरसल्लाहपछि…

Image

तितोपाटी- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइने भएको छ । अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको सोमबार एकीकरण गरेपछि श्रम डेस्क हटाउन लागिएको विभागले जनाएको छ । विगतदेखि विदेशिने श्रमिकका समस्या समाधान गर्न राखिएको डेस्क हटाउनुपर्ने भएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएका…

Image

तितोपाटी- साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फाराम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले (अकामा) नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय…