Tuesday 27th October 2026

वैदेशिक रोजगारको नाममा आठलाख ठगी गर्ने पक्राउ


तितोपाटी- ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको उनले जानकारी दिए।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।नारायणीअनलाईन


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...