Friday 11th September 2026

सवारी दुर्घटनामा नायिका महिमा सिलवाल संगै बहिनीको मृत्यु


तितोपाटी- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरीमा बुधबार बेलुका भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

बुधबार बेलुका करिब ६ बजेतिर सिलवाल चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँएको थियो । दुर्घटनामा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै स्कुटरको पछाडि बसेकी उनकी बहिनी सर्मिला सिलवालको पनि मृत्यु भएको छ । सर्मिलाको उपचारका लागि चितवन लैजाने क्रममा उनीहरु चढेको स्कुटरलाई बसले ठक्कर दिएको बताइएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट नायिकाका रुपमा प्रवेश गरेकी थिइन् । उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिगोलो’ लगायत चलचित्रमा अभिनय गरेकी छन् ।-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...