Monday 14th September 2026

यस्तो बन्यो एनआरएनए कार्यसमिति अन्तिम नामावलीसहित


गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो कार्यसमिति चयन गरिएको बताइएको छ।

मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार अध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा झण्डै दुई दर्जन सदस्य चयन भएको निर्वाचन समितिका सदस्य टीबी कार्की ले जानकारी दिए।

यसैगरी, महासचिवमा डा चिरञ्जीवी खड्का निर्वाचित भएका छन्। उपमहासचिवमा ६ जना तथा सचिवमा १२ जना सर्वसम्मत चयन भएका छन्। कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्वाचित हुँदा प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठ का साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवर लगायतको उपस्थिति रहेको थियो।

शनिबारदेखि सुरु भएको एनआरएनएको १२औँ महाधिवेशन नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको हो।

अध्यक्ष

डा. हेमराज शर्मा

वरिष्ठ उपाध्यक्ष:
रविन शेरचन

उपाध्यक्षहरू:
१. रोशन थापा
२. खगेन्द्र न्यौपाने
३. मनोज कुमार श्रेष्ठ
४. रोजिना प्रधान राई
५. रामशरण सिंखडा
६. प्रविण गुरुङ
७. बुद्धि सुवेदी
८. चिन्तामणि सापकोटा
९. दधिबल खड्का
१०. दिनेश पोखरेल
११. रविन बज्राचार्य
१२. गोपीकृष्ण काफ्ले
१३. डा. ज्ञानेन्द्र रेग्मी
१४. जुनु गुरुङ
१५. कमलमणि गुरागाईं
१६. लोकप्रसाद दाहाल
१७. महेन्द्र ओली
१८. पूर्णचन्द्र बानियाँ
१९. टंकप्रसाद गैरे
२०. विश्वदीप तिगेला
२१. तिलक गैरे

महिला उपाध्यक्ष:
राधिका गुरुङ ‘टिका’

युवा उपाध्यक्ष:
भिमसेन थापा

महासचिव:
डा. चिरञ्जीवी खड्का

उपमहासचिव:
१. अनुजा प्रधान
२. वेदराज बस्नेत
३. दिनेश कुमार घिमिरे
४. पारसमणि पोख्रेल
५. राजेन्द्र अर्याल
६. स्वतन्त्र प्रताप शाह

सचिव:
१. अभिमन्यु बस्नेत
२. दिपेश खत्री
३. मदनराज पौडेल
४. माधव दुलाल
५. मोहम्मद मुक्तदा मुसलमान
६. प्रसुन्ना कडेल
७. शिव प्रसाद पौडेल
८. सुजन अधिकारी
९. सुजन केसी खत्री
१०. सुपेन्द्र घिसिङ
११. यज्ञनारायण पौडेल
१२. भवानी प्रसाद तिम्सिना
१३. रमेश भट्ट

महिला सचिव:

अमृता थापा कञ्चन

कोषाध्यक्ष:
कृष्णप्रसाद तिम्सिना

सह-कोषाध्यक्ष:
१. अब्दुल बासिद
२. विमल सुवेदी

महिला सह-कोषाध्यक्ष:
गंगा खतिवडा

महिला संयोजक:
रश्मि थापा

युवा संयोजक:
नविन निउरे

क्षेत्रीय संयोजकहरू:
अफ्रिका संयोजक: मनोज विक

अमेरिका संयोजक: भुवन खरेल

एसिया प्यासिफिक संयोजक: दिपक प्रसाद कडेल

युरोप संयोजक: रोबर्ट लिम्बु

मध्यपूर्व संयोजक: रमेश श्रेष्ठ

ओसेनिया (अस्ट्रेलिया) संयोजक: रमेश जोशी

क्षेत्रीय उप-संयोजक / सह-संयोजकहरू:

अमेरिका उप-संयोजक: नेत्र पाण्डे, सम्राट थापा

एसिया प्यासिफिक सह-संयोजक: भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का

युरोप सह-संयोजक: तिलकराम भट्टराई

मध्यपूर्व सह-संयोजक: विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया

ओसेनिया उप-संयोजक: छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले

क्षेत्रीय महिला संयोजकहरू:

एसिया प्यासिफिक महिला संयोजक: संगिता अधिकारी

युरोप महिला संयोजक: बाबा राजेश्वरी थापा

मध्यपूर्व महिला संयोजक: सरिता भण्डारी

क्षेत्रीय महिला सह-संयोजकहरू:

युरोप महिला सह-संयोजक: राधा सिग्देल किरण

मध्यपूर्व महिला सह-संयोजक: मन्जु मल्ल उचाई

क्षेत्रीय युवा संयोजकहरू:

एसिया प्यासिफिक युवा संयोजक: राम थापा ‘अनिल’

युरोप युवा संयोजक: शिव सागर बुढाथोकी

मध्यपूर्व युवा संयोजक: सुजन सापकोटा

क्षेत्रीय युवा उप-संयोजकहरू:

युरोप युवा उप-संयोजक: अम्मान गौचन

मध्यपूर्व युवा उप-संयोजक: बासुदेव सापकोटा

दोस्रो पुस्ता संयोजक:

दीपमाला ढकाल

प्रवक्ता :

सोम सापकोटा


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...