Tuesday 6th October 2026

भारतमा एक नेपालीको गोली हानी हत्या


तितोपाटी-भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।
उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका बेला उनी सवार स्कार्पियोमा फर्कदै गर्दा मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार गरी उनको हत्या गरिएको हो ।

घटना भएको समयमा ग्यारेज धनी सत्येन्द्र यादवका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव पनि उनीसँगै रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...