Tuesday 27th October 2026

भारतमा एक नेपालीको गोली हानी हत्या


तितोपाटी-भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।
उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका बेला उनी सवार स्कार्पियोमा फर्कदै गर्दा मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार गरी उनको हत्या गरिएको हो ।

घटना भएको समयमा ग्यारेज धनी सत्येन्द्र यादवका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव पनि उनीसँगै रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...