Tuesday 29th September 2026

कतारको मर्कुरी मेना कम्पनीबाट तलब नपाएका श्रमिकलाई सम्पर्कमा आउन विभागको अपिल


तितोपाटी- वैदेशिक रोजगार विभागले कतारस्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब विना नेपाल फर्किएका ३३ जना श्रमिकलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

कतारमा नेपाली कामदारहरुले सो कम्पनीबाट सेवा शर्त बमोजिमको तीन देखि ६ महिनासम्म काम गरेबापतको तलब भत्ता नपाएकोमा विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट कतारी रियल दईु लाख पचासी हजार भुक्तानी गर्ने निर्णय भएको थियो ।
सो रकम वैदेशिक रोजगार विभागको समन्वय र सहजीकरणमा काठमाडौंस्थित कतारी राजदतुावासमार्फत भुक्तानी गरिने भएकोले २० माघदेखि ७ दिनभित्र अर्थात् २७ माघसम्म विभागको सम्पर्कमा आउन भनिएको छ ।
वैदेशिक रोजगारीका लागि नेपालबाट संस्थागत रुपमा प्याराडाइज इन्टरनेसनल प्रालि, वल्डभिजन इन्टरनेसनल म्यानपावर सर्भिस प्रालि, अल एसिया इन्टरनेसनल प्रालि, रकी इन्टरनेसनल प्रालि, स्काईवेज व्युरो सर्भिस प्रालिमार्फत तथा व्यक्तिगत पहलमा श्रम स्वीकृतिमा गएका ३३ जनालाई सम्पर्कमा आउन विभागले अनुरोध गरेको हो ।

प्रत्येक निवेदकहरुले आआफ्नो बैंक खाताको विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिसहित वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं, श्रम तथा रोजगार कार्यालयहरु- विराटनगर, जनकपुर, पोखरा, बटुवल, सुर्खेत र धनगढीमा सो विवरणहरु उपलब्ध गराउन विभागले भनेकाे छ । शिलापत्र बाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...