तितोपाटी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक…
तितोपाटी - नेपाल सरकारले भारत, मलेसिया र युएर्इका लागि राजदूतहरू शिफारिश गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने…
तितोपाटी - बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई…
तितोपाटी - प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरू भएको छ। मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा…
तीतोपाटी-सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट ल्याएर लहानको भोटिया टोलमा सामूहिक बलात्कार भएको थियो । सिरहाको सिसवनीकी युवती र लक्ष्मीपुर पतारीकी…
तीतोपाटी-बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धान प्रभावित भएको छ । कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते…
तीतोपाटी-दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान पश्चिम दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर…
तीतोपाटी- नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नम्बर १ को ढिकुरेबजार, वडा नम्बर ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए । बस्ती पसेको स्यालले…
तीतोपाटी-तोकिएको समय अघि नै काम पूरा गर्ने ठेकेदारलाई सम्मान गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् । निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले…
तीतोपाटी- रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दीपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको छ। सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ वर्षदेखि इजरायलमा वैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले गरिन्।…
![]()