Wednesday 7th October 2026

रूपन्देहीमा बोक्सीको अारोपमा वडासचिवबाटै महिला माथि दुर्व्यवहार, अारोपी पक्राउ


तितोपाटी – बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले पक्रेको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

यही कात्तिक २१ गते लक्ष्मीपूजाको दिन वडासचिव आचार्यले न्यौपानेलाई घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेर सोध्दा छोरी प्रतिज्ञाले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाई कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छन् । छोरीले कुट्दै गर्दा आमा कमलाले समेत साथ दिएको र बाबु टीकाराम रमिते बनेको उजुरीमा उल्लेख छ । वडासचिव आचार्यले भने घटनामा संलग्नता नहुँदा नहुँदै फसाउने उद्देश्यले उजुरी दिन लगाइएको दाबी गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...