Monday 5th October 2026

जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कार


तीतोपाटी-सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट ल्याएर लहानको भोटिया टोलमा सामूहिक बलात्कार भएको थियो ।

सिरहाको सिसवनीकी युवती र लक्ष्मीपुर पतारीकी बालिकालाई भोटिया टोलमा ल्याएर सात जना युवकको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिका र युवतीको बयान अनुसार लहान ११ का हरि चौधरीले ‘मेरो बर्थडे परेकाले घरमा जाऔं’ भन्दै मोटरसाइकलमा लगेको प्रहरीले जनाएको छ । हरि चौधरीकै घरमा सात जना युवा मिलेर सामुहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

खोजीका लागि विशेष टोली

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार सामूहिक बलात्कारमा संलग्न भई फरार भएकाहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भइरहेको छ । पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको छ ।

साभार- नया पत्रिका


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को शरीर विज्ञान वा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरिएको…

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै उनका हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफका…

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको…

प्रतिकृयाहरू
...