Saturday 16th May 2026

ईजरायलमा कार्यरत शरिन द्वारा अग्नि पिडितलाई सहयोग


तीतोपाटी- रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दीपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको छ।

सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ वर्षदेखि इजरायलमा वैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले गरिन्। अग्नि पीडित बिगु ठाकुर, सिकिन्द्र ठाकुर, बिजय ठाकुर र बिरेन्द्र ठाकुरलाई खाद्यान्न सामाग्री र कपडा सहयोग गरिन्।

पीडित परिवारलाई समाजसेवी तामाङ्गले चामल ५० के.जी, आलु ५ के.जी, दाल १ के.जी, मस्यौरा २ के.जी, नमक १ के.जी, खानेतेल १ के.जी, चिउरा ५ के.जी र ब्लैकेट १ थान सहयोग गर्नुभएकी छिन्। सो राहत सामाग्री रिपोटर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाइन निर्देशक/प्रबन्धक युवा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा हिजो सहयोग वितरण गरिएको हो।

उक्त वितरण कार्याक्रममा पूर्व गाविस अध्यक्ष जगदिश पटेल, राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव, युवा नेता ओमलोक पटेल, संघीय समाजवादी फोरम नेपालका नेता अरबिन्द कुमार यादव, शिक्षक रामसेवक प्र.जयसवाल, रामनारायण पटेल, सशस्त्र बेस क्याम्प सरमुजवाका प्रहरी सहायक नायब निरीक्षक, मोतिपुर नरकटिया चौकीका हवल्दारलगायत स्थानीयहरुको उपस्तिथिमा राहत सामाग्री वितरण गरिएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...