Sunday 5th May 2024

जुम्लामा एकैदिनमा तीन महिला बलात्कृत


तीतोपाटी-बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धान प्रभावित भएको छ । कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पत्राचार गर्यो ।

२२ गते नै प्रतिष्ठानले यससम्बन्धि विशेषज्ञ चिकित्सक नभएको र भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले विषय विशेषज्ञ तालिम प्राप्त चिकित्सकबाट मात्र यस्ता घटनाको स्वास्थ्य परीक्षण गर्न भनेकाले काम हुन नसकेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने–‘यो सुविधा अहिले प्रतिष्ठानमा छैन । निकट भविष्यमै सेवा विस्तार गर्ने तयारीमा छौँ ।’

पीडितले न्याय पाउनु पर्छ भन्ने हिसाबले जुम्लामा नभएपनि कालिकोट जिल्लामा पुर्याएर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए । बलात्कार घटनाका चारै जना आरोपित फरार रहेका छन् । उनीहरू फरार भएकाले खोजतलास गर्न सजिलोका लागि नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

सोही दिन ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरेगाउँका ४५ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते पक्राउ गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरी चौकी डिल्लीचौरमा उजुरी दिएकी थिइन् । प्रहरी चौकी डिल्लीचौरले आरोपितलाई पक्राउ गरी कात्तिक २० गते नै जुम्लाको सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो ।

पीडित महिलाको उजुरीका आधारमा आरोपित सार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वैशाख महिनादेखि जुम्लामा सात ओटा बलात्कार घटना घटेका छन् । यी सबै घटनाको प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।

साभार-नयापत्रिका


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...