Thursday 3rd September 2026

जुम्लामा एकैदिनमा तीन महिला बलात्कृत


तीतोपाटी-बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धान प्रभावित भएको छ । कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पत्राचार गर्यो ।

२२ गते नै प्रतिष्ठानले यससम्बन्धि विशेषज्ञ चिकित्सक नभएको र भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले विषय विशेषज्ञ तालिम प्राप्त चिकित्सकबाट मात्र यस्ता घटनाको स्वास्थ्य परीक्षण गर्न भनेकाले काम हुन नसकेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने–‘यो सुविधा अहिले प्रतिष्ठानमा छैन । निकट भविष्यमै सेवा विस्तार गर्ने तयारीमा छौँ ।’

पीडितले न्याय पाउनु पर्छ भन्ने हिसाबले जुम्लामा नभएपनि कालिकोट जिल्लामा पुर्याएर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए । बलात्कार घटनाका चारै जना आरोपित फरार रहेका छन् । उनीहरू फरार भएकाले खोजतलास गर्न सजिलोका लागि नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

सोही दिन ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरेगाउँका ४५ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते पक्राउ गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरी चौकी डिल्लीचौरमा उजुरी दिएकी थिइन् । प्रहरी चौकी डिल्लीचौरले आरोपितलाई पक्राउ गरी कात्तिक २० गते नै जुम्लाको सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो ।

पीडित महिलाको उजुरीका आधारमा आरोपित सार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वैशाख महिनादेखि जुम्लामा सात ओटा बलात्कार घटना घटेका छन् । यी सबै घटनाको प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।

साभार-नयापत्रिका


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...