Sunday 2nd August 2026
नेपालको समाचार
Image

तितोपाटी - सरकारले आर्थिक अनियमितता गर्ने समाज कल्याण परिषदका पदाधिकारीलाई बर्खास्त गरेको छ । सरकारले परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको हो ।समाजकल्याण परिषदमा व्यापक अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन…

Image

तितोपाटी - त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ।  साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो। यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने निन्दनीय कार्य गरेको भन्दै परिषदको बैठकले उनलाई सहायक डीन पदबाट निलम्बन गर्ने निर्णय गरेको…

Image

तितोपाटी - शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ। अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी। उत्तर आयो, ‘अहिले नबोलौँ।’…

Image

तितोपाटी - एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो…

Image

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएको छ । मंगलबार बुझाइएको मागपत्रमा राजसंस्था स्थापनादेखि भ्रष्टाचारीलाई कारवाहीसम्मका विषय समेटिएका छन् । राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ भने राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि…

Image

तीतोपाटी- खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो । आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिएर…

Image

तीतोपाटी- प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री…

Image

तीतोपाटी-जबरजस्ती करणी पश्‍चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ । धनुषा मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलस्थित उखुबारीमा सोही ठाउँ बस्ने बोल्न नसक्ने ११ वर्षीया रेश्मा भन्ने दुतिया रसाइलीको जलेको शव फागुन २ गते…

Image

तीतोपाटी- बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष…