Monday 7th September 2026

एमआरपीको प्रतिलिपि लिन सजिलो, सबै झञ्झटहरूको अन्त्य


तितोपाटी- परराष्ट्र मन्त्रालयको राहदानी विभागले मेसिन रिडेबल राहदान (एमआरपी)को प्रतिलिपि लिनका लागि प्रमाणित काजगपत्र आवश्यक नपर्ने जनाएको छ ।

राहदानी विभागले सूचना जारी गरेर एमआरपीको प्रतिलिपि लिन नागरिकता वा नाबालक परिचयपत्रको विवरण प्रमाणित गराइ ल्याउन नपर्ने जनाएको हो ।

‘जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट आफ्नो नागरिकता वा नाबालक परिचयपत्रको विवरण प्रमाणित गराइ एक पटक मेसिन रिडेबल राहदानी लिएका तर त्यस्तो राहदानी हराएको, मसी पोखिएको, पाना च्यातिएको वा पाना सकिएर पुनः राहदानी बनाउनुपर्ने सेवाग्राहीहरूमध्ये कतिपयले पुनः जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालयबाट नागरिकता वा नावालक परिचयपत्र प्रमाणित गराई ल्याउने गरेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘एक पटक नेपालभित्र राहदानी लिइसकेका सेवाग्राहीहरूको विवरण विभागको सिस्टममा रहने भएकोले पुनः राहदानी बनाउनु परेमा त्यस्तो प्रमाणीकरण आवश्यक पर्ने छैन ।’

पहिलो पटक विदेशस्थित नेपाली नियोगबाट एमआरपी लिएकाहरूको हकमा नेपालआई पुनः राहदानी नवीकरण गर्न वा नयाँ राहदानीको लागि आवेदन पेश गर्नुपरेमा भने सेवाग्राहीले आफ्नो नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिता अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

राहदानी विभागको नयाँ व्यवस्थाले एमआरपीको प्रतिलिपि लिन सेवाग्राहीलाई सजिलो भएको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...