Monday 15th June 2026

कठमाणडाैंमा ७ वर्षीया बालिकालाइ बलात्कार गर्ने बलात्कारी २ हप्तापछि कञ्चनपुरबाट पक्राउ


तितोपाटी – गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते फरार रहेका थिए ।घरमा काम गर्ने महिलाले छतमा कपडा धुन लागेको समय पारेर उनले सात वर्षीय बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ। उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसुती गृहमा स्वास्थ्य परीक्षण गरेको थियो। स्रोतका अनुसार बालिकाको योनीमा केही पुरानो घाउ देखिन्छ।

२ साता बित्दा पनि खरेल पक्राउ नपरेपछि सोमबार प्रहरीले उनकी श्रीमतीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा लगेर राखेको थियो। श्रीमती र छोराको मोबाईल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। भागेर जहाँ गएपनि आफ्नो लोकेशन बताउन खरेलले परिवारका सदस्यलाई फोन गर्लान् र त्यसैका आधारमा उनको लोकेशन पत्ता लगाएर पक्राउ गर्न सकिएला भन्ने आशा प्रहरीको थियो।

भयो पनि त्यस्तै। सोमबार बिहान ११ बजेर ५८ मिनेटमा सेभ नभएको नयाँ नम्बरबाट खरेल पत्नीको मोबाइलमा फोन आयो। प्रहरीले नै उक्त फोन उठायो। तर तीन सकेन्डमै फोन काटियो। फोन फरार आरोपी राजुकै थियो। उनले तीन सेकन्डमा यतिमात्रै भने, ‘मेरो कारणले तिमीहरुलाई दुःख भयो है म…।’ यति के भनेका थिए फोन अचानक काटियो। त्यसपछि प्रहरीले सोही नम्बरका कल ब्याक गर्‍यो। तर फोन लाग्दै लागेन। प्रहरीले सम्पर्कको निरन्तर प्रयास गरिराख्यो।

धेरैबेरपछि उक्त नम्बरमा फोन त गयो तर उठेन। प्रहरीले तुरुन्तै नेपाल टेलीकम स्रोत संग सम्र्पक राखेर उक्त कलको लोकेशन झिकायो। त्यसपछि प्रस्ट भयो, आरोपी कंचनपुरको बेलौरीमा छन र उनी भारत पस्ने तयारीमा छन्। किनकी सुरुमा जुन लोकेशनबाट फोन आएको थियो त्यसपछि फोन गर्दा मोबाइलले भारतको सिमावर्ती क्षेत्रको लोकेशन देखाएको थियो। यसको सोझो अर्थ थियो, सुरुमा फोन गर्दा उनी बेलौरीमा थिए। फोनको घन्टी जाँदा उनी भारत प्रवेश गर्ने सीमा नजिक देखिन्थे।

प्रहरीले यसको सूचना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई दियो। सीमा पार गरेर भारत जानेमाथि व्यक्तिगत रुपमा खानतलासी लिने र सोधपुछ गर्ने काम सुरु भयो। त्यहीबेला खरेल पक्राउ परे। त्यतिबेला दिउँसो साढे २ बजेको थियो। प्रहरी स्रोतले भने, ‘पक्राउ पर्दा उनी आलसतालस देखिन्थे। सायद उनले सोचेका थिए, भारत छिरेपछि प्रहरीले केही भेउ पाउनेवाला छैन।’

पक्राउ परेका खरेललाई सोमबार नै विमानमार्फत काठमाडौं ल्याउने प्रहरीले तयारी थालेको थियो। तर कागजपत्रको काम नसकिएकाले पठाएन्। प्रहरी स्रोतका अनुसार आज मध्यान्हसम्म उनलाई काठमाडौं ल्याईनेछ। त्यसपछि उनीमाथी प्रहरीले बयान थाल्नेछ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...