Wednesday 24th June 2026
नेपालको समाचार
Image

रन्जिता भट्टराई - विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् । बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि…

Image

तितोपाटी- गृह मन्त्रालयले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिनका लागि गरेको सर्कुलरविरुद्ध सर्वोच्च अदालतको नयाँ फैसला आएको छ । गृह मन्त्रालयको सकुर्लर अनुसार ‘कतिपयलाई’ नागरिकता वितरण नगर्नू भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो । एक साता अघि मात्र न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले…

Image

तितोपाटी- हिंसा नगर...हिंसा नगर...स्वर्ग जाने बाटो बन्द नगर...।’ सप्ताह महायज्ञको मण्डपमा भजनको फेरि अर्को गीतको शैलीमा भजन सुरु हुन्छ –‘खोइत बाटो खनेको...स्वर्ग जान भनेको...।’ नाचगानको अन्तिममा फेरि सुरु हुन्छ ‘ढोका खोल राम.. ढोका खोल राम.. भक्त आए मन्दिरमा..ढोका खोल राम....।’ हुनपनि साँच्चै उनीहरु स्वयमले पनि नयाँ इतिहासको ढोका खोल्दै थिए…

Image

तितोपाटी- सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । कञ्चन कल्याणपुर नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी…

Image

तितोपाटी - आफ्नै छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । दोलखाको सैलुङ गाउँपालिका-४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सोमबार देखि घर गाउँमा नदेखिएको र परिवारले समेत सम्बन्धमा कहीँ कतै जानकारी नगराएकोले…

Image

तितोपाटी -  प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ । बैशाख ५ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन भएको उक्त प्रतियोगिताको बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले समापन गरेका हुन । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने…

Image

तितोपाटी - एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपा कम्युनिस्ट पार्टी जिल्ला तहमा पनि एकीकृत भएको छ । केन्द्रीय स्तरमा एकीकरण भएको ठीक एक वर्षपछि जिल्ला स्तरको एकता प्रक्रिया टुङ्गो लागेको हो । पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटीकाे एकता प्रक्रिया टुंग्याएको हाे। यसै हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

Image

रन्जिता भट्टराई -  प्रदेश दुई सरकारले चलाएको बेटी पढाउ , बेटी बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदै आफ्नै खर्चमा वालविवाह गरिदिएका छन् । आफै उपस्थित भएर डोम समुदायको वालिकाको विवाह गराइदिएका ति राज्यमन्त्रीको अधिकारकर्मीहरुले राजिनामा माग गरेका छन् । मधेसका दलित समुदायमा चेतनाको अभाव हुँदा आफ्ना कलिला सन्तानहरुको विवाह गरिदिने…

Image

बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार प्रहरीले तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, ३५ वर्षीय चन्द्रबहादुर थापा, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुनलाई पक्राउ गरेको छ…

Image

तितोपाटी - डडेल्धुरा जिल्लाको भिमदत्त राजमार्ग अन्तर्गत शाहुखर्कमा यात्रु बाहक बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाउँपालिका १ शाहुखर्कमा बस दुर्घटना भएको हो। बस यात्रुसँगै…