Monday 29th April 2024

त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिंदै


तितोपाटी – त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिन लागेको जनाएको छ । त्रिविले एक सूचना जारी गर्दै सो कुरा जनाएको हो । उसले  १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार र बाह्र), स्नातक र स्नातकोत्तर तहको केहि विषयमा उत्तीर्ण भएपनि अन्य विषयमा अनुत्तीर्ण विद्यार्थीलाई यस्तो मौका दिन लागेको हो।

त्रिवि प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भएपनि पनिकाले भने भर्खरै सूचना जारी गरेको हो। जसअनुसार परीक्षाको समय सीमा नाघेको तर सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्।

त्रिवि मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो तर यहाँका धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसकेर बीचैमा पढाइ छोड्ने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...