Monday 3rd August 2026
नेपालको समाचार
Image

तितोपाटी - वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो । कामदारबाट कुनै शुल्क नलिने गरी…

Image

‘सिन्डिकेट’ भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ। त्यसको समाधान ननिस्कँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ। ‘कतार भिसा सेन्टर’ नाममा सम्पूर्ण काम बिनाप्रतिस्पर्धा एउटा मात्रै संस्थालाई दिइएको छ। अब कतार जाने कामदारका लागि भिसा र त्यसअघिका प्रक्रियामा १४ हजार रुपैयाँ थप आर्थिक भार पर्न…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले २१ असार २०७२ देखि फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । फ्रि भिसा र फ्रि टिकट लागू भएयता करिब २२ लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । तर, सरकारले लागू गरेको फ्रि भिसा र फ्रि टिकटको व्यवस्थापछि यो सुविधा लिएर कति…

Image

नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले “तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भनेर धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।…

Image

तितोपाटी- आर्घखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिका ७ खाँचीकोट मैदानको मा रहेको श्री आदर्श माध्यामिक विद्यालय लाई बाल क्लव, र जु.रे.स. को संयुक्त आयोजनामा सरसफाई कार्यक्रम संचालन संगै जंकफुड’ निषेधित क्षेत्र बनाउने भएको छ। सरसफाई कार्यमा धारा कुवा बाटो लगाएत, सार्वजनिक स्थलको सरसफाई एवंम विद्यालय वोरिपरिको झांडी सफाई गरिएको हो। वर्षातको समयमा…

Image

तितोपाटी - जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थीर प्रहरी बिच झडप भएको छ । विद्यार्थीहरूले सडक अवरूद्ध गरि विरोधमा उत्री मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउन थालेपछि विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको हो । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै…

Image

तितोपाटी- सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् । विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै…

Image

तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ ।रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा…

Image

तितोपाटी-वैदेशिक रोजगारीमा मलेसिया गएका पति तीन वर्षसम्म नफर्केपछि धरानकी राजकुमारी (नाम परिवर्तितम) ले ६ महिनाअघि दोस्रो बिहे गरिन्। काठमाडौैंको बौद्धस्थित डेरामा एक्लै बस्दै आएकी २७ वर्षीया राजकुमारी विदेशिएका पतिलाई पर्खन धैर्य टुटेकाले दोस्रो बिहे गरेको बताउँछिन्। ‘मलेसिया गएका पतिलाई तीन वर्षसम्म पर्खेँ,’ उनले भनिन्, ‘तर, त्यो मान्छे यति धेरै निष्ठुरी…

Image

तितोपाटी - नेपाली जनताले फेरि अवाञ्छित हिंसा सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। के नेपाली जनताको नियतिमा नै निरन्तर हिंसा, विद्रोह, लडाइँ झगडा लेखिएको हो त ? कसका स्वार्थमा यस्तो जटिलता भोग्नुपरिरहेको हो ? कुनैपनि राष्ट्रको समृद्धि जनताको अधिकार, शान्ति र स्थायित्वको परिणाम आउने हो। शासनमा पुगेपछि प्रगतिशीलताको आवरण फ्यात्त…