Monday 5th October 2026

श्रीमानसँग मिलेर कल्पना लामाले गरिन पूर्वप्रेमी कुँवरको हत्या


तितोपाटी- कैलालीको चुरे गाउँपालिका-६ मड्डमा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेको घटना सार्वजनिक भएको छ।

गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पनालाई प्रहरीले पक्राउ गरेको छ।

कल्पनाका पूर्वप्रेमी रहेका कुँवरको गत असार २२ गते हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ। हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...