Tuesday 8th September 2026

वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ क्यानाडा संयोजकमा गायिका केसी चयन


तितोपाटी- अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″को क्यानाडाको लागि एनआरएन क्यानाड़ाको वर्तमान आइसीसी सदस्य बहुचर्चित गायिका देविका केसी चयन भएकी छन् ।

करिब ५ सय भन्दा बढी गीतमा आवाज दिइसकेकी केसीलाई सुन्दरी लोक गायिका भनेर पनि उपमा दिने गरिन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्वकेन्द्रीय सदस्य तथा आजीवन सदस्य देविकाले अहिले सम्म लोक दोहोरी अवार्ड एनटीभी २००४, लोकदोहोरी अवार्ड २००२, टूबर्ग दोहोरी प्रतियोगिता २००४, रेडियो नेपाल अवार्ड २००४, बहुप्रतिभाशाली अवार्ड २०१०, नेपाल लोकदोहोरी सांस्कृतिक व्यवसायी अवार्ड २००५, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान अवार्ड २००६, आरटीडीसी सिक्किम अवार्ड २००७, दोहा लोकदोहोरी अवार्ड २०१४, ओएस अवार्ड २०१७, गरी करिब एक दर्जन राष्ट्रिय पुरस्कार तथा अवार्डहरू जितिसकेकी छन् । उनले वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ लाई सफल पार्न क्यानाडाबाट गायिका केसीले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ ″लाई भब्य रुपमा सम्पन्न गर्न यसअघि अस्ट्रेलिया, इजरायल , दक्षिण कोरिया , बेल्जियम बेलायत र अमेरिकाको संयोजक चयन भैसकेको छ । अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र रूपमा भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन् ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हुनाले संसारभरीको कलाकारहरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्देश्यले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक बुढा मगरले बताए ।नेपाली गीतसंगीतलाई विदेशमा रहेको नेपाली युवाहरूले नबिर्सियोस् र अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा विश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन पनी यो अवार्ड कोशेढुङ्गा सावित हुने अवार्ड संयोजक बुढा मगरले जानकारी गराए ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आवेदन खुल्ला भइसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म विश्वभरबाट आवेदन दिन सकिने पनि अवार्ड संयोजक बुढा मगरले जानकारी दिए । आउँदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...