तितोपाटी - वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड…
तितोपाटी - जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहानआगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएकाे छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे।…
तितोपाटी - के गर्ने बाँच्नको लागि खानै पर्ने, खान दुःख गर्नै पर्ने । सबलांग होस वा विकलांग पापी पेट पाल्न मजदुरी गर्ने पर्ने बाध्यतामा छन् उनी । उनी हुन प्यूठान नगरपालिका–४, ढाडमग्राका ३२ वर्षीय जीवलाल थापा । तस्विरमा देखिए जस्तै उनको हातमा झन्डै ५ किलोको घन । त्यसलाई उचाल्न २ हात…
तितोपाटी - देशको राजधानी काठमाण्डाैं । तर काठमाण्डाैंमै सर्व साधारण सुरक्षित महशुष गरिरहेका छैनन् । विशेष गरि युवतीहरू यतिखेर असुरक्षित महशुष गरिरहेका छन् । एक्लै दुक्लै घर बाहिर निस्कन पनि डर लाग्दो बन्दै गइरहेको छ काठमाण्डाैमा अाजकल । काठमाण्डाैंका विभिन्न ठाउँमा युवतीहरूमाथि अपरिचित व्यक्तिहरूले पछाडिबाट अाएर सियो जस्तो तिखो बस्तुले…
तितोपाटी - डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको 'साङ्लो' चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो।…
तितोपाटी - त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिन लागेको जनाएको छ । त्रिविले एक सूचना जारी गर्दै सो कुरा जनाएको हो । उसले १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार…
तितोपाटी - कर्णाली नदीमा बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजी गर्न लक्ष्मण बस्नेतकाे नेतृत्वमा १० जना गाेताखाेरकाे टाेली घटनास्थलमा पुगेर खोजी कार्यमा लागेका छन् । हिँजो मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाए लगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले हिँजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा एक पत्रकार सम्मेलन गरे । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसदमा संवोधन गर्न नपाए पछि सिंहदरबारमा बोलाइएको पत्रकार सम्मेलन मार्फत उनको युरोप भ्रमण, गुठी विधेयक लगायतका विषयमा बताएका हुन । प्रधानमन्त्रीले संघीय संसदमा बोल्न…
तितोपाटी - सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो,…
![]()