Sunday 1st November 2026

सभामुख महराले डाके सर्वदलीय बैठक


तितोपाटी- संसदको गतिरोध अन्त्य गर्न सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाको अवरोधपछि लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सभामुखले अग्रसरता लिएका हुन् ।सदनको गतिरोध अन्त्यका लागि विपक्षीले माग गरे अनुसारको समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको बताइएको छ ।

आज २ बजे प्रतिनिधिसभाकै बैठक तय भएकाले बैठक सुचारु हुनु अघि नै दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको हो ।संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजेका लागि डाकिएको बैठकमा शीर्ष नेताहरुलाई बोलाइएको छ । सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले हिजो पनि सदनमा अवरोध गरेका थिए ।प्रमुख विपक्षी दल काँग्रेसले विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरसम्बन्धी घटना छानबिनको लागि संसदिय समिति बनाउन माग गरिरहेको छ ।

सत्तारुढ नेकपा यो मागमा सहमत छैन । सभामुख महराले भने मध्यमार्गी विकल्पको रुपमा उक्त विषयको क्षेत्राधिकार रहेको प्रतिनिधिसभाकै समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव गरेका छन् । दलीय सहमति जुटेमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन पनि सभामुख महरा तयार छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...