Wednesday 9th September 2026

समाजवादी पार्टीका नेता रामनयन माथि गोली प्रहार


तितोपाटी- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका समाजवादी पार्टीका नेतामाथि बिहीवार दिउँसो गोली प्रहार भएको छ ।

कपिलवस्तुको लवनीबाट पकडी जाँदै गरेका समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले दिउँसो २ बजे शुद्धोधन–६ टिटिरियामा गोली प्रहार भएको हो । टिटिरिया लुम्बिनी तौलिहवा सडक खण्डमा पर्छ ।मोटरसाइकलमा रहेका यादवलाई पछाडिबाट मोटरसाइकलमै आएका २ जनाको समूहले गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दिप शमशेर राणाले लोकान्तरलाई जानकारी दिए ।

शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको हातको पाखुरामा गोली लागेको छ । उनको अवस्था भने सामान्य रहेको राणाले जानकारी दिए ।सामान्य घाइते भएका यादवको अहिले तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । नेपाली नम्बर प्लेटरको मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भोगेको जानकारी घाइते यादवले प्रहरीलाई दिएका छन् । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साभार लोकान्तरलाई


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...