Monday 26th October 2026

मानव बेचबिखनको समस्या विकराल


तितोपाटी- अमेरिकाको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पर्याप्त कदम चाल्न नसकेको ठहर गरेको छ ।

सरकारले मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न नीतिगत एवं कानुनी प्रावधान तयार गरी कार्यान्वयनमा ल्याएपनि मानव बेचबिखनको समस्या अझ विकराल बन्दैछ । मानव बेचविखन तथा ओसारपसारको मुद्दा विश्वभर चुनौतीको विषय बन्दै गएको छ ।

यसको न्यूनीकरणका लागि सम्पूर्ण विश्व लागिपरे पनि सन्तोषजनक प्रतिफल आउन सकेको छैन । नेपालले पनि मानव बेचबिखनविरुद्ध विभिन्न ऐन, कानुनहरुको तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विभिन्न महासन्धि र अनुबन्धपत्रहरुमा पनि ऐक्यबद्धता जनाएको छ ।

तर पनि मानव बेचबिखनका घटनामा कमी आउनुको सट्टा झन्–झन् बढ्दो छ । नेपाल प्रहरीले मानव बेचबिखनसम्बन्धी घटनाहरुको छानबिनका लागि छुट्टै ब्यूरो खडा गरी केही उपलब्धि हासिल गरे पनि समग्रमा नेपालमा मानव बेचबिखनको स्थिति भयावह नै छ । अमेरिकाले वर्सेनि तयार पार्ने मानव बेचबिखनसम्बन्धी प्रतिवेदन ट्राफिकिङ इन पर्सन्स (टीआइपी) २०१९ काअनुसार नेपालका युवा, अशिक्षित, सिमान्तकृत जाति तथा अल्पसंख्यक जातिहरु बेचबिखनमा पर्ने गरेका छन् । प्रतिवेदनमा तस्करहरुले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगबाट व्यक्तिहरुलाई फसाउने गरेको उल्लेख छ ।

साभार- इमेज खबर 


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...