Monday 5th October 2026

मानव बेचबिखनको समस्या विकराल


तितोपाटी- अमेरिकाको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पर्याप्त कदम चाल्न नसकेको ठहर गरेको छ ।

सरकारले मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न नीतिगत एवं कानुनी प्रावधान तयार गरी कार्यान्वयनमा ल्याएपनि मानव बेचबिखनको समस्या अझ विकराल बन्दैछ । मानव बेचविखन तथा ओसारपसारको मुद्दा विश्वभर चुनौतीको विषय बन्दै गएको छ ।

यसको न्यूनीकरणका लागि सम्पूर्ण विश्व लागिपरे पनि सन्तोषजनक प्रतिफल आउन सकेको छैन । नेपालले पनि मानव बेचबिखनविरुद्ध विभिन्न ऐन, कानुनहरुको तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विभिन्न महासन्धि र अनुबन्धपत्रहरुमा पनि ऐक्यबद्धता जनाएको छ ।

तर पनि मानव बेचबिखनका घटनामा कमी आउनुको सट्टा झन्–झन् बढ्दो छ । नेपाल प्रहरीले मानव बेचबिखनसम्बन्धी घटनाहरुको छानबिनका लागि छुट्टै ब्यूरो खडा गरी केही उपलब्धि हासिल गरे पनि समग्रमा नेपालमा मानव बेचबिखनको स्थिति भयावह नै छ । अमेरिकाले वर्सेनि तयार पार्ने मानव बेचबिखनसम्बन्धी प्रतिवेदन ट्राफिकिङ इन पर्सन्स (टीआइपी) २०१९ काअनुसार नेपालका युवा, अशिक्षित, सिमान्तकृत जाति तथा अल्पसंख्यक जातिहरु बेचबिखनमा पर्ने गरेका छन् । प्रतिवेदनमा तस्करहरुले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगबाट व्यक्तिहरुलाई फसाउने गरेको उल्लेख छ ।

साभार- इमेज खबर 


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...