Tuesday 4th August 2026
नेपालको समाचार
Image

तितोपाटी - दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारको पिपलचौरामा रहेको बिष्ट वियर वारको एक कोठामा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकै छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अन्दाजी २८ वर्षीय महादेव डागा र मालिकार्जुन-४ औतालेककी अन्दाजी २२ वर्षीया मनिषा राबल कोठाको पङ्खामा झुण्डिएको…

Image

तितोपाटी- नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६२ वर्षको उमेरमा तेस्रो विवाह गर्ने भएका छन् । कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन । बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक…

Image

तितोपाटी - नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्। शिवनगर चोकको शिवनगर खाजा…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निम्न स्तरको भाषा प्रयोग गरेर सरकारका विरोधीहरुमाथि खनिएका छन् । प्रष्ट उल्लेख नगरे पनि उनले आफ्नै पार्टीका नेताहरुप्रति लक्षित हुँदै ‘छौँडा’ शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले उनकै शब्दमा ‘यी छौँडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेका?’ भनेर प्रश्न…

Image

तितोपाटी - यतिखेर दुइ तिहाइ बहुमतको जगमा बनेको नेकपाको सरकार अल्पमतको सरकार जस्तै निरिह देखिएको छ । पछिल्लो अबस्थाको कुरा गर्ने हो भने पनि कहिले गुठी विधेयक त भारतीय विषादीयुक्त फलफुल तरकारी सँग सम्बन्धित विषयले सरकारलाइ बाह्य शक्तिको कठ्पुतली जस्तै देखाइदिएको छ । एकातिर सरकार ओरालो लागेको मृग जस्तो भएको…

Image

तितोपाटी - अविरल बर्षासँगै हिँजो असार २१ गते राती आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव…

Image

तितोपाटी- विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्।बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य,…

Image

तितोपाटी- सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ सडकमा आएको छ ।नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो । प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन…

Image

तितोपाटी- विदेश पठाई दिने भन्दै चार करोड भन्दा बढि ठगि गरेको अभियोगमा वैदशिक रोजगार व्यबसायिक छबिलाल कुमार राई पक्राउ परेका छन सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेसका संचालक राइले माल्टा पठाउने भन्दै चार करोड बढी ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो। सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ…

Image

तितोपाटी- गाउँमा आफ्नै व्यवसाय थियो । फ्रेण्डसिप रेस्टुरेण्ट एण्ड लज भनेपछि त्यो ठाउँमा नचिन्ने कोही थिएन । कमाइ राम्रै थियो । कमाइ मात्र होइन, पढाइ पनि उस्तै राम्रो ।अंग्रेजी विषय लिएर आईए पास गरेको मान्छे । मन भएको भए गाउँकै विद्यालयमा पढाउन पाइन्थ्यो । तर नवलपरासी कावासोती १६ का खिमराज…