Wednesday 9th September 2026

सांसदले मन्त्रीलाई ‘दिमाग ठाउँमा थिएन’ भनेपछि…


काठमाडौं -संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरे।

नेपाली बृहत्त शब्दकोशअनुसार प्रधानमन्त्रीले प्रयोग गरेको निम्छरो शब्दको अर्थ हुन्छ- धन, वुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको अर्थात कमजोर। यो शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनायो।

नेपालको संसदीय इतिहासमा पहिलोपटक प्रधानमन्त्रीले बोलेको शब्द संसदीय मर्यादाविरीत भन्दै रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले रुलिङ गरे।

मिनी संसद्‍ मानिएको संसदीय समिति बैठकमा पनि यस्तै भयो। आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा नयाँ सहर विस्तारका विषयमा छलफल भइरहेको थियो। रूकुमपूर्वकी सांसद कमला रोकाले आफ्नो मागमा सहरी विकासमन्त्री महमद इस्तियाक राईले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन्।

‘मेरो जिल्लामा नयाँ सहर किन परेन ? नीति तथा कार्यक्रमले सबै जिल्लालाई समानुपातिक ढंगले समेट्छ भनिएको थियो। त्यहीअनुसार सहरी विकास मन्त्रालयमा जिल्लाको योजना समावेश गराउने सन्दर्भमा म गएकी थिएँ’, सांसद रोकाले भनिन्, ‘सायद त्यो तीन मन्त्रीज्यूको दिमाग अलिकति ठीक ठाउँमा थिएन कि जस्तो लागेको छ। हाम्रो मागलाई फाल्नु भयो। यसलाई व्यक्तिगत मागका रूपमा लिनुभयो।’

सांसद रोकाले मन्त्रीलाई ‘दिमाग ठीक ठाउँमा थिएन कि’ भनेपछि केही समय बैठकमा हाँसो चल्यो। समिति सभापति कल्याणीकुमारी खड्काले सांसद रोकालाई शब्द फिर्ता लिन निर्देशन दिइन्। तर, सांसद रोकाले अटेरी गरिन्। ‘माननीयज्यूले समितिको बैठकमा बोल्दा संसदीय मर्यादा र पदीय मर्यादाको ख्याल गर्नुहोला’, खड्काले भनिन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...