Sunday 11th October 2026

कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा, वाग्लेले द्वारा राजीनामा


तितोपाटी- नेपाली दैनिक पत्रिका कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा नियुक्त भएका छन् । एक वर्ष अगाडि राजीनामा दिएर कान्तिपुरबाट बाहिरिएका शर्मा पुनः प्रधान सम्पादककै रुपमा कान्तिपुर फर्किएका हुन् ।

शर्माको राजीनामा पछि प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका नारायण वाग्लेले भने पदबाट राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै वाग्लेले कान्तिपुरबाट बिदा लिएको जनाएका छन् ।

कान्तिपुरको प्रधानसम्पादकबाट बिदा लिएका वाग्लेले अबको दिनमा पत्रकारिता र सिर्जनशील लेखनमा सक्रिय रहने जनाएका छन् ।‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लाग बढी श्रेयकर हुने लागेर मैले पेशागत जीवनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु । कान्तिपुर दैनिकबाट राजीनामा,’ वाग्लेले फेसबूकमा लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...