Wednesday 21st October 2026
नेपालको समाचार
Image

तितोपाटी- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले युरोपियन युनियनको पछिल्लो धारणा स्वागतयोग्य भएको बताएका हुन । नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयन…

Image

तीतोपाटी - विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका…

Image

तीतोपाटी - नेपाल सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक रुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । सार्वजनिक गरिएको परराष्ट्र नीतिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको…

Image

तीतोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीका अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बैठक प्रभावित बनेको छ भने स्थायी कमिटीको बैठक एक हप्ता पछि सरेको छ । बैठकमा अनुपस्थित रहेका अध्यक्ष ओलीले आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएर बैठकलाई जानकारी…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर…

Image

तीतोपाटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो । ३ जनाको घटनास्थलमै र दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय…

Image

तीतोपाटी - नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनेदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन…

Image

तितोपाटी- जनता समाजवादी पार्टी, संखुवासभा काठमाडौं सम्पर्क समिति द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम गोपिकृष्ण हलस्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ। तत्कालीन नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाची छुलुङ पिम्बा र अन्तराष्ट्रीय आरोही पथप्रदर्शक तथा गायक दवा फिन्जो सहित विभिन्न पार्टी परित्याग गरी, ४२ जान जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। पार्टी…

Image

तितोपाटी- सत्तारूढ नेकपाको सचिवालयमा दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ । शनिबार बसेको सचिवालय बैठकले पूर्व निर्धारित समयमा आइतबार १ बजे नै स्थायी कमिटी बैठक बस्ने र सोहि बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको हो…

Image

तितोपाटी- शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ४०२ जना महिला र ६२२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि…