तितोपाटी- चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँग चार बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच यस्तो सम्झौता भएको हो। चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।…
तितोपाटी- नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले निजी निवास खुमलटारमा अध्यक्ष दाहालसँग भेट गरेपछि नेता नेपाललाई एभरेष्ट होटल नयाँ बानेश्वरमा भेटेको हो । आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति…
तितोपाटी- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित…
तितोपाटी- नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री रायमाझीले ऊर्जामा अझै पनि आत्मनिर्भर हुननसकेपछि पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेको भन्दै ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका हुन् । मिलेनियन च्यालेन्ज कर्पोरेसन…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना…
तितोपाटी- नेत्रविक्रम चन्द (विप्लव) नेकपाले संखुवासभामा प्रहरी र आफ्न कार्यकर्ताबीच गोली हानाहान भएको भन्ने समाचारमा सत्यता नभएको उल्लेख गरेको छ। ‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ‚’ आइतबार पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘उक्त घटनालाई दोहोरो भीडन्त…
तीतोपाटी - संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान…
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्याली निकालेको छ । र्याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो । र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए । राप्रपा…
तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाइ प्रतिगमन तिर धकेलेको भनदै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् । गत…
तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री…
![]()