Monday 24th August 2026

वैदेशिक रोजगारमा जाने घटेपनि बढ्यो विप्रेषण


तितोपाटी- चालू आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) देश भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले बढेको जनाएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि माघ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

चालू आवको ७ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको देखिएको छ ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको थियो । चालू आवको ७ महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६७.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी…

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

प्रतिकृयाहरू
...