Thursday 8th October 2026

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा


महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ ।

उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...