तितोपाटी- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले पूर्ववत रूपमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रको बैठक बस्न लागेको हो । बैठकमा आगामी रणनीतिका सम्बन्धमा छलफल हुने प्रवक्ता पम्फा भुसालले बताइन् । 'अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,'…
तितोपाटी- केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् । प्रतिबन्ध…
तितोपाटी- दैलेखकी एक महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन । नदीमा हाम फालेका पाँचजना मध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव फेला परेको छ । आमा सुकीसहित १०…
तितोपाटी- राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध उजुरी दिएकी छन् । वलीले प्रहरीमा गएर पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिएकी हुन् । यसअघि उनले कानुन व्यवसायीहरूसँगको परामर्श गरेकी थिइन् । पन्तविरुद्ध उनले विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको आराेप लगाएकी छन् । मुलुकी फौजदारी कार्यविधि संहित २०७४…
तीतोपाटी - डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका - १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि…
तितोपाटी- दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार…
सर्वोच्च अदालतले साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दल दर्ता प्रचलित कानुनअनुसार नभएको भन्दै खारेज गरिदिएसँगै सो पार्टीका केही नेताको राजनीतिक भविष्यमा प्रश्न उठेको छ । उक्त पार्टी हाल राजनीतिक रुपमा विभाजित अवस्थामा छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को…
तितोपाटी- सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो। माओवादी र एमाले एकता पछि बनेको नेकपा निर्वाचन आयोगमा दर्ता भएपछि कट्टेलले सर्वोच्चमा रिट दायर…
तितोपाटी- दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी…
तितोपाटी- स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले नेपाललाई उपलब्ध गराएको पहिलो चरणको कोरोना भाइरसबिरुद्धको खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार खोप आइतबार मध्यान्न आइपुगेको हो । खोप ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी त्रिभुवन विमानस्थल पुग्नु भएको छ । यसअघि नै स्वास्थ्य मन्त्रालयले ३…
![]()