Wednesday 13th May 2026

एनसीसी कुवेतको सिलिण्डर सहयोग अभियान समापन, झण्डै पाैने १७ लाख संकलन


तीतोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अक्सिजन सिलिण्डर सहयोग अभियान समापन गरेको छ भने दाताहरूबाट झण्डै पाैने १७ लाख संकलन भएको जनाएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गरि अभियान अन्तर्गत सहयोग बोलकबोल गरिएको रू १६७२२१५।- अक्षेरूपी १६ लाख ७२ हजार २ सय १५ मध्ये १६३१८१५।- अक्षेरूपी १६ लाख ३१ हजार ८ सय १५ संकलन भएको जनाएको हो भने हिँजो एक प्रेस विज्ञप्ती जारी गरि अर्थ संकलन अभियान मार्फत संकलन गरेको रकम र सहयोगी दाताहरूको नामावली सार्वजनिक गरेको हो । एनसीसी कुवेतका अध्यक्ष सूजन केसि, महासचिब दिल कुमार पाख्रिन र अर्थ संकलन अभियान संयोजक एवं उपाध्यक्ष रानाध्वज लामाद्वारा हस्ताक्षरित विज्ञप्ति मा कुवेतमा कृयाशिल ४६ वटा संघसंस्था र १७० जना व्यक्ति विशेषले सहयोग गरेको जनाइएको छ ।

महामारीको रूपमा बिश्वभरी फैलिएको कोरोना भाइरस कोभिड-१९ को दोस्रो लहरले नेपालमा ह्वात्तै संक्रमण फैलिएको र अक्सिजन अभावले धेरै संक्रमितले अस्पतालमा ज्यान गुमाउन बाध्य भएको खबर बाहिरिएपछी एनआरएनएले जन्मभुमी नेपालमा सहयोग गर्ने निर्णय गरेको थियो। सोही अनुरुप एनआरएनए-मध्यपूर्व संग हातेमालो गर्दै एनआरएनए -कुवेतले अक्सिजन सिलिन्डर सहयोगको लागि एनसीसीको तर्फबाट २ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गर्दै आर्थिक संकलन अभियान शुरु गरेको थियो ।

अभियान समापन संगै एनआरएनए कुवेतले अभियानबाट संकलित रकमको हिसाब किताब शुक्रवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । जसमध्ये ४५ संघ संस्था तथा समुहहरुबाट १८८८ केडी ५०० फिल्स र १७० व्यक्ति विशेषबाट १९२४ केडी ७५० फिल्स गरि जम्मा ३८१३ केडी २५० फिल्स संकलन भएको जानकारी गराएको छ। जसमध्ये बोल्कबुल गरेको मध्ये कुवेतमा विभिन्न व्यक्ति विशेषबाट अझै ८० kd र नेपालबाट १० हजार गरि जम्मा ४० हजार उठाउन बाँकी रहेको जनाएको छ।

अभियानबाट संकलित रकम सबै नेपाल पठाउने एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी र अभियान संयोजक रानाध्वज रानाले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो। उक्त अभियानमा अल्मुल्ला ग्रुप क्लिनिङ साखाबाट सबैभन्दा धेरै आर्थिक संकलन भएकोमा आभार ब्यक्त गर्दै अभियानमा जोडिनु हुने कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनी लगायत नेपाली संघसंस्था प्रति एनआरएनए कुवतले पत्रकार सम्मेलन मार्फत धन्यवाद सहित आभार ब्यक्त गरेको छ ।

एनसीसी कुवेतको अर्थ संकलन अभियानमा सहयोग गर्ने दाताहरूको नामावली जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...