Thursday 17th September 2026

सिन्धुपाल्चोक बलेफीका युवाहरूको सहयोगमा ५२० घरपरिवारलाई स्वास्थ्य सामाग्री बितरण


बिष्णु निश्चल(सिन्धुपाल्चोक)-तीतोपाटी डटकम-बिश्वब्यापी रूपमा फैलिएको कोभिड -१९को दोश्रो चरणले आक्रान्त बनाएको परिवेशमा राजधानी काठमान्डौबाट नजिकै भएर पनि दुर्गम मानिएको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकामा कोरोनाबाट बच्न अत्याबश्यक स्वास्थ्य सामाग्रीको अभाब भएका कारण ५२० घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।बलेफी गाउपालिका-२ का यूबाहरुले कोरोनाको यो मध्ये समयमा पनि गाउ-गाउ गएर स्वास्थ्य सामाग्रीको साथमा स्थानिय बासिन्दाहरुलाई कोरोनाबाट कसरी बच्ने,संक्रमितलाई कसरी सहयोग गराउने लगाएतको जनचेतना बाढ्दै सचेत बनाएका छन।


स्थानिय युवाहरु बिष्णु बहादुर बिक,राजकुमार श्रेष्ठ,कृष्ण प्रसाद पौडेल,राजकुमार भण्डारी, राजिब भण्डारी,संजय श्रेष्ठ, जिबन कुमार श्रेष्ठ, बिकाश श्रेष्ठ,नारायण नेपालीले चलाएको अभियान र प्रस्तावलाई दक्षिणकोरियामा रहेका सन्जिब भण्डारी,नबिन श्रेष्ठ ,राजेन्द्र पौडेल ,जयराम कोइराला, कृष्ण न्यौपाने,गोपाल पौडेल,पशुपति भण्डारी(बलेफी-२) र उत्सब खड्का(सुनकोशी- ४)ले ब्यक्तिगत आर्थिक सहयोग जुटाएका थिए।

बलेफी गाउँपालिका वडा न २ भित्रका प्रत्येक परिवारलाई र वडा न ३ र ४ का केही घरधुरीमा गरी हरेक घरमा १५ थान मस्क, १ बोतल सेनिटाइजर र ३ पिस साबुन वितरण गरिएको थियो। साथै वडा कार्यलय र वडा भित्रका बिध्यालय,स्वास्थ-संस्था,सहकारी लगायतका सार्बजनिक संस्थाहरुमा पनि वडा अध्यक्ष छबिलाल न्यौपानेको रहोबरमा स्वास्थ समाग्री बितरण गरिएको थियो।

यस सामाग्रीको उचित प्रयोग गरेर कोरोना संक्रमणबाट आफु बच्दै अरुलाई पनि बचाउने अभियानलाई निरन्तरता दिन र कोरोना संक्रमण हुनै नदिन र भए पनि कोरोना संक्रमितलाई हौसला दिन स्थानिय बासीहरुलाई समेत अनुरोध गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...