Sunday 20th September 2026
मुख्य खबर
Image

तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…

Image

तितोपाटी - नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज एक कार्यक्रममाबीच उद्घाटन गरेका छन्। योजनाअनुसार सूचिकृत रोजगारदाता कम्पनीले सबै श्रमिकको आधारभूत परिश्रमिकबाट ११ प्रतिशत र कम्पनीका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा…

Image

हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्‍यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…

Image

तिताेपाटी – ललितपुर ठेचोकी अनिषा महर्जन स्कुटरमा यात्रा गर्नुहुन्छ । तर दैनिक ललितपुरको ठेचोदेखि बालकुमारीसम्म पुग्ने महर्जनको हातमा लाइसेन्स छैन । उहाँले यातायात कार्यालय बागमतीले दिएको रसिदको आधारमा स्कुटर चलाउन थाल्नुभएको एक वर्ष २२ दिन भयो । ट्राफिक प्रहरीलाई हरेक ठाउँमा यातायात व्यवस्था कार्यालयले दिएको रसिद देखाउँदा देखाउँदै महर्जनको रसिद…

Image

तिताेपाटी – सुनसरीमा हतियार भित्रिएको आशंकामा मंसिर ३ गतेदेखि नै प्रहरी परिचालन भएको थियो । सुनसरीको खनार, दुहबी र सोनापुर क्षेत्रमा प्रहरीले खानतलासी पनि गरेको थियो । तर प्रहरीले खानतलासी गरिरहेको बेला मंसिर ५ गते बिहानै दुहबी ९ का फिदा हुस्सेनको गोली हानी हत्या भयो । दुहबी ९ का फिदा…

Image

तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…

Image

तितोपाटी - सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०/६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद,…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…

Image

बसन्त थापा, कुवेत - भारी वर्षाका कारण कुवेत अन्तराष्ट्रिय बिमानस्थलबाट अनिश्चित कालको लागि उडान र अवतरण बन्द गरिएको छ । लगातार दुई दिन देखि परेको अबिरल वर्षाका कारण कुवेत अन्तराष्ट्रवय बिमानस्थल तथा कुवेतको जनजिवन प्रभावित भएको हो। बुधवार देखि लगातार पेरेको वर्षाका कारण कुवेतका अधिकांश क्षेत्र डुवानमा परेको हो । कुवेतको…

Image

तितोपाटी - नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर  अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ ।  कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य…