Saturday 17th October 2026

दुर्गेश थापा अाज राती २ः५५ बजे कुवेत अाइपुग्ने, कल्याणकारीको कार्यक्रम तयारी पुरा


तितोपाटी – कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी डट कम लार्इ जानकारी दिएका छन् ।

वहु प्रतिक्षित  यो कार्यक्रम सम्पन्न गर्नलार्इ कल्याणकारी नेपाली युवा समाजले लामो समयदेखि कसरत गरे पनि यस अघि विभिन्न प्राविधिक कारणले कार्यक्रम सर्दै अाएर यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा यो सांगितिक कार्यक्रम गर्न लागिएको हो ।

सांगितिक दुनियामा अाफ्नो छुट्टै पहिचान बनार्इ संगित पारखीहरूकाे मन मुटुमा बस्न सफल  चर्चित लोकपप गायक तथा मोडल दुर्गेश थापा कुवेत अाउने भए पछि कुवेतवासी नेपालीहरू दुर्गेश थापाको कार्यक्रम हेर्न निकै उत्सुक भएका छन्र भने गायक थापाले चिसिदै गरेको कुवेतको माैसममा कुवेतवासी नेपलाीहरूलार्इ गित संगित र नृत्यको माध्यम तताउने भएका छन् ।

सांगितिक कार्यक्रमका बारेमा सँस्थाले कुवेतमा रहेका संघ सँस्था तथा व्यक्ति व्यक्तित्व सबैमा निमन्त्रणा गरिसकेको जनाउँदै यदि कोही कसैले निमन्त्रणा नपाएको भए पनि यसैलार्इ निमन्त्रणा मानी अतिथि कलाकारको स्वागतको लागि अाजै राती २ः४५ बजे कुवेत एयरपोर्ट पुग्नुहुन तथा पर्सि शुक्रबार सांगितिक कार्यक्रम हेर्न पाल्नुहुन कुवेतवासी सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदी बहिनीहरूमा कल्याणकारि नेपाली युवा समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण ः

स्थानः इन्डियन सेन्ट्रल स्कुल जलिब, एनबिके बैंकको सिधा अगाडि पट्टी ।

मितिः सन २०१८ डिसेम्बर १४ तारिक शुक्रबार ।

समयः दिनको ठिक १२ः ३० बजे ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...