Tuesday 13th October 2026

कुवेतमा कास्कीका दुर्गा बहादुरको हृदयघातबाट मृत्‍यु


हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्‍यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।

जन-जागृति युवा समाज कुवेतका कोष संयोजक राम बहादुर योन्जन तामाङले तितोपाटी डट कमसंग भने”हिजो शनिबार बिहानको काम सकेर करिब १२:०० बजे खाना खान कम्पनीकै कोठामा गएको र खाना खाएर सुतेको दुर्गा नउठे पछी साथीहरुले कोठामा गर्इ हेर्दा उनी मृत फेला परेका थिए।तत्काल कम्पनीले प्रहरीको सहयोगमा अस्पातल पुर्याए पछी उनको मृत्‍युलाई अस्पातलले पुष्टी गरेको थियो।घर छुट्टी जाने तयारीमा रहेका दुर्गाको घरमा एक छोरा मात्र रहेका छन।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने”दुर्गा बहादुर तामाङको हृदयघातबाट मृत्‍यु भएको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण आउन बाँकी छ।कानुनी प्रकृयाका लागि उनको शबलाई फर्वानिया अस्पातलमा राखिएको र कम्पनीका प्रतिनिधिले उनको शब नेपाल पठाउन आबश्यक सहयोग गरिरहेको हुँदा मृतकको परिवार संग समन्वय गरेर शबलाई छिट्टै नेपाल पठाइने छ।”


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...