बाबा नै नहुँदा बसाइ घरमा अत्यन्त सास्ती जहाँ । सम्झन्छौँ अति नै पुकार कति नै सुन्दिन्छ खै को यहाँ। बाबाको भरमा जहाँन सबले लाएर खाएर यो। भएको प्रगती चटक्क कसरी छोडेर बेकार कहाँ ।१। ब्रम्हाण्डै भरमा कडोर जनमा मिल्ला र बाबा सरी। बाबाको महिमा अपार गरिमा टुट्दैन कस्तै गरी ।…
ओईलिएका ईच्छा,आकांक्षाहरु झरेर गए । पूर्ण नहुँदै मनका सबै चाहनाहरु मरेर गए ।। सायद अब पुगिसके होला सिमाना बाहिर फर्किन्नन् कहिले सयौं खोलाहरु तरेर गए ।। अरुको के कुरा, माटोको माया पनि थिएन उम्रन्न मनको बारीमा टुसाहरु नुन छरेर गए ।। कस्तो अचम्म मानविय स्वभाव त देखिएन कठोर बनि दिलका…
जय नारायण माझी थारू - सर्व प्रथम त आज बुबाको मुख हेर्ने दिन ( कुशे औंशी ) को उपलक्ष्यमा सम्पुर्ण बुबाहरु प्रति कोटी कोटी नमन तथा सु-स्वास्थ्यको कामाना। साच्चिकै बुवा शब्द आफैमा महान छ र बुवा तपाईं साच्चिकै धेरै महान हुनुहुन्छ । म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु…
सुन्दा खबर अविस्वासिलो हुरी चले झैं भयो। नेपाली साहित्य जगतको मियो ढले झैं भयो। रोए अक्षर र शब्द आज, रोएका छन् कृतिहरु, रुँदैछन् नेपाली जनहरु, मन यो गले झैं भयो। लाग्यो आज धस्यो धरा फाट्यो यो मनको गरा, चुँड्दा प्राण हजुरको दैवले ढाँटे छले झैं भयो। राखी चितामा जलाउँदा, त्यो…
भानुभक्तको चम्कायौ नाम मोती झैँ गरेर। उनका कृति खोजेर ल्यायौ औँलामा गनेर। आदिकविको उपाधी दियौ भानुको नाउँमा। समस्त जुनी बितायौ तिमी परोपकारमा ।१। दैबको लीला अचम्म लाग्ने चुँडेर लगेको। लाऊँ र खाऊँ बैंसालु दिन स्वर्गमा गएको। कसले गर्ला निशाफ तिम्रो धिक्कार दुनियाँ। चम्किए भानु चम्केन मोती अचम्म भएँ म।२। नारीको…
कुशे औँसी तिम्रो जन्म मोती भनी नाम निको। भानुभक्त थिए गुप्त चिनाउने काम निको ।१। भानुभक्त सरी तिमी राम भक्त थियौ आफू। दुबै मिली जपिएको भक्तिभाव राम निको ।२। सानैदेखी अति उच्च थियो मनोभाव पनि काठमाण्डौ जन्म तिम्रो जन्म ठाम निको।३। तिज कथा पिकदुत अझै अरु थुप्रै कृति सुमधुर शैलीसँग…
छन्द: सवाई (बर्षा याम एक दिन ठूलो पानी पर्यो जस्तै) ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ काल कति बलबान छाड्ने हैन कोही। शोकाकुल भयौँ हामी मर्माहत भई। मृतात्माले स्वर्गपुरी बसोबास गरोस्। मेरो प्यारो कविलाई सोझो बाटो परोस्।१। देशको लागि धेरै गर्यौ राष्ट्रकवि बनी। नेपालको गरिमाको अति उत्थान गरी । गयौ तिमी दुनियाँ नै शोकाकुल पारी।…
रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका पालुवाहरु । अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली बोल्दै भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै बचनका तिखा तिखा बाण हान्ने…
तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…
रातभर सुत्नै सकिएन मन दुःखेको छ । दिनभर उठ्नै सकिएन तन दुःखेको छ । मेचि देखि माहाकाली रोईरहेको बेला पाउ टेक्नै सकिएन झन झन दुःखेको छ । सगरमाथा चढ्ने सिंढी कस्तो होला अब । फेरि आउने नयाँ पिंढी कस्तो होला अब । कसरी कट्ने होला जिवन धान्नै मुस्किल छानो बिना…
![]()