Saturday 24th October 2026

श्रध्दाञ्जली – छन्दः सवाई -हरि शर्मा (सुबेदी)


छन्द: सवाई (बर्षा याम एक दिन ठूलो पानी पर्‍यो जस्तै)
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
काल कति बलबान छाड्ने हैन कोही।
शोकाकुल भयौँ हामी मर्माहत भई।
मृतात्माले स्वर्गपुरी बसोबास गरोस्।
मेरो प्यारो कविलाई सोझो बाटो परोस्।१।

देशको लागि धेरै गर्‍यौ राष्ट्रकवि बनी।
नेपालको गरिमाको अति उत्थान गरी ।
गयौ तिमी दुनियाँ नै शोकाकुल पारी।
दुनियाँमा कसलाई पो खै मिल्यो अजम्बरी।२।

शीत थोपा पातमाथि परी खसे जस्तो।
उत्ति खेरै सुकी हाल्ने हाम्रो जुनी यस्तो।
नाम मात्र जगतमा दीर्घकाल टिक्ने।
यही कुरा सबैजना बुझी लिनु पर्ने ।३।

कुनै बेला ताली पायौ कुनै बेला गाली।
सबै मिली दियौँ हामी आज श्रध्दाञ्जली।
धन पछि दुनियाँ छ को गर्ला खै मान।
हामी पनि तिम्रै साथ लागेका छौँ जान ।३।

-हरि शर्मा(गलकोटे कवि)
हटिया गलकोट बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...