Thursday 1st October 2026

बाबा – छन्दः शार्दूलविक्रीडित -हरि शर्मा (सुबेदी)


बाबा नै नहुँदा बसाइ घरमा अत्यन्त सास्ती जहाँ ।
सम्झन्छौँ अति नै पुकार कति नै सुन्दिन्छ खै को यहाँ।
बाबाको भरमा जहाँन सबले लाएर खाएर यो।
भएको प्रगती चटक्क कसरी छोडेर बेकार कहाँ ।१।

ब्रम्हाण्डै भरमा कडोर जनमा मिल्ला र बाबा सरी।
बाबाको महिमा अपार गरिमा टुट्दैन कस्तै गरी ।
अज्ञानी जनले कपूत सबले बाबा र आमा पनि ।
कुत्ताको रुपमा असाध्य पिरमा पारेर सास्ती दिने ।२।

राख्दैछौ तिमीले कुभाव जसरी छोरा र छोरी पनि।
उस्तै दुष्ट बनी लिएर बदला निर्धक्क पापी बनी ।
पाखण्डी मनका उजण्ड तनका सन्तान तस्तै गरी ।
डस्नेछन् जन हो बिचार गर है सन्देश राम्रो छ यो ।३।

हरि शर्मा(गलकोटे कवि)
गलकोट बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...