Thursday 1st October 2026

मोतीराम – छन्दः देवकोटाको प्रिय(झ्याउरे) -हरि शर्मा (सुबेदी)


भानुभक्तको चम्कायौ नाम मोती झैँ गरेर।
उनका कृति खोजेर ल्यायौ औँलामा गनेर।
आदिकविको उपाधी दियौ भानुको नाउँमा।
समस्त जुनी बितायौ तिमी परोपकारमा ।१।

दैबको लीला अचम्म लाग्ने चुँडेर लगेको।
लाऊँ र खाऊँ बैंसालु दिन स्वर्गमा गएको।
कसले गर्ला निशाफ तिम्रो धिक्कार दुनियाँ।
चम्किए भानु चम्केन मोती अचम्म भएँ म।२।

नारीको साथ गरिने वार्ता गजल भनिन्छ।
फारसी उर्दु यसको श्रोत भएको मानिन्छ ।
मोतिकै कर्म गजल यहाँ देशमा भित्रेको।
गजल साथ मोतीको नाम जोडिई रहेको ।३।

कविता कथा नाटक साथै प्रशस्त आख्यान।
तिजको कथा चाणक्यनीति उखान बखान।
शकुन्तला र प्रियदर्शिका पञ्चकप्रपञ्च।
प्रल्हाद भक्ति उषाचरित्र बालाजीबर्णन ।४।

स्वप्न अध्याय पिकदुत र गुलसनोबर।
कालभ्रमरसँवाद मन उद्बेग प्रबाह ।
पद्मावतीको नामले उनी पस्केका साहित्य।
टपक्क टिप्यो निष्ठुरी काल जीवन अनित्य।५।

-हरि शर्मा(गलकोटे कवि)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...